खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसको जित


खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । अध्यक्षमा कांग्रेसका शालिकराम वञ्जराले १९७१ मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका गणेशप्रसाद कोइरालाले १७३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने एमालेकी गोमा मनगर १८४४ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला राईले १७०० मत प्राप्त गरिन् । यो सँगै खोटाङका तीन गाउँपालिका कांग्रेसले जितेको छ भने एमालेले एक नगरपालिका सहित तीन तह जितेको छ ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.