विराटनगरमा कांग्रेसको मतान्तर झनै फराकिलो

विराटनगरमा कांग्रेसको मतान्तर झनै फराकिलो


विराटनगर महानगरपालिकाबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसको अग्रता झनै फराकिलो भएको छ।

मेयरमा कांग्रेसका भीम पराजुलीले नेकपा एमालेका विनोद ढकाललाई ५८८ मतले पछि पारेका छन्।

पराजुलीले १९५४ र ढकालले १३६६ मत प्राप्त गरेका छन्।

त्यस्तै संघीय समाजवादी फोरम र माओवादी केन्द्रका मेयरका उम्मेदवार उमेश यादवले १००४ मत पाएका छन्।

उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले १६५४ मत पाएकी छन् भने एमाले–लोकतान्त्रिक फोरम गठबन्धनकी सूची चौधरीले ७६९ मत प्राप्त गरेकी छिन्।

संघीय समाजवादी फोरमले १००४ र माओवादी केन्द्रले ७८६ मत प्राप्त गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.