विराटनगर, इटहरी र धरानमा कांग्रेसको अग्रता कायमै


प्रदेश नम्बर एकका तीन ठूला सहरको मेयर पदको पछिल्लोमा मतगणनामा नेपाली कांग्रेसले सुरुआती अग्रता कायमै राखेको छ।

विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छाडेको हो।

विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ५०९ मतको अन्तर बनाएका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध १७४५ मत प्राप्त गरेका छन्। ढकालको १२३६ मत छ।

त्यस्तै, एमालेको गढ मानिने इटहरी उप–महानगरपालिकामा कांग्रेसका रोहित प्रसाईले ३१९ मतको अग्रता बनाएका छन्। उनले एमालेका द्वारिकालाल चौधरीविरुद्ध २८१५ मत प्राप्त गरेका छन्। चौधरीको २४९६ मत छ।

धरान उपमहानगरमा कांग्रेसका तिलक राईले १ सय ९५ मतले अग्रता बनाएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका तारा सुब्बाविरुद्ध १६८२ मत प्राप्त गरेका छन्। सुब्बाको १४८७ मत छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.