साढे १० हजार मत गन्दा बुटवलमा कांग्रेसभन्दा एमाले २७० मतले अगाडि


बुटवल उपमहानगरपालिकामा शनिबार बिहानसम्म १०५४८ मत गणना भएको छ। प्राप्त पछिल्लो जानकारीअनुसार मेयरमा नेकपा एमालेका शिवप्रसाद सुवेदीले ४७२५ मत पाएका छन् भने कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ४४५५ मत पाएका छन्।

उपमेयरमा भने एमाले उम्मेदवार झन्डै २ हजार मतान्तरले अगाडि छन्। एमालेकी गोमा आचार्यले ५११७ मत पाउँदा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले ६२५५ मत पाएका छन्।

यहाँ मतगणना जारी छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.