यसपटक चुनाव हार्ने पालो एमालेको छः उपप्रधान मन्त्री महरा – Setopati Nepal's Online Newspaper

यसपटक चुनाव हार्ने पालो एमालेको छः उपप्रधान मन्त्री महरा


उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले अब चुनाव हार्ने पालो नेकपा एमालेको भएका बताएका छन्। आइतबार तुलसीपुरमा आयोजित नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्वोधन गर्दै उक्त पार्टीका नेता समेत रहेका महराले एमालेले धेरै झुटको खेति गर्दै आएकोले  उसले हार्ने दाबी गरे।

‘एमालेले हार्नै पर्छ किनकी झुटको राजनीति कति दिन टिक्छ’, महराले भने। एमालेले अनावश्यक कुरामा भ्रम सृजना गर्नका लागि हल्ला मात्रै गर्दै हिडेको उनको आरोप थियो। ‘कहिले राजासंग मिल्या छ कहिले प्रतिक्रियावादी संग मिल्याछ , छेपारे प्रवृतिको एमालेले यसपाली चुनवा हार्नैपर्छ,’ महराले भने।

उनले संगठनका हिसावले माओवादी केन्द्र तेस्रो शक्ति भएता पनि राष्ट्रिय राजनीतिमा एजेण्डाको दृष्टिकोणमा पहिलो शक्ति भएको दाबी गरे। ‘जस्ले जति सुकै गफ चुटुन तर, प्रचण्ड विना देश अपुरो छ,’ उपप्रधानमन्त्री महराले थपे, ‘संघीयता, गणतन्त्र , धर्मनिरपेक्षता सबै उहाँकै उपलब्धि हुन्।’

उनले आफ्नो भाग्य आफैं फैसला गर्ने यो ऐतिहासिक चुनावमा माओवादीको पक्षमा मतदान गर्न आग्रह गरे । माओवादीले जितेमा मात्रै उत्पिडित वर्ग र समुदायको जित हुने उनको जिकिर थियो ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.