प्रमुख-उपप्रमुखसहित काठमाडौं महानगरका १ सय ६२ जनप्रतिनिधिले लिए शपथ


नारायण महर्जन

काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिय सभागृहमा बुधबार आयोजित विशेष सारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र ३२ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

३२ वटै वडाका सदस्यहरुलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले सपथ खुवाए। उनीहरुले नेपाली र नेपाल भाषा दुबैमा सपथ लिएका थिएका थिए।

महानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १६२ जना जनप्रतिनिधि स्थानीय तह निर्वाचनमा निर्वाचित भएका छन्।

प्रमुख र उपप्रमुखले आजै पदभार ग्रहण गर्नेछन्। वडाध्यक्ष र सदस्यहरुले पनि सम्बन्धित वडा कार्यालयहरुमा पदभार ग्रहण गर्ने कार्यक्रम छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.