राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (भिडियो)


भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ स्वदेश फिर्ता भएकी छन्। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो। भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारी सोमबार त्यसतर्फ गएकी थिइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.