आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचन गर्दैछ।
रास्वपाले आगामी पुस १२ र १३ गते सातै प्रदेशमा प्रारम्भिक मतदान गराउन लागेको हो।
रास्वपाका पार्टी सदस्यहरूले उक्त मतदानमा भोट हाल्न सक्नेछन्।
प्रारम्भिक निर्वाचनको भारांक (मतभार) ५० प्रतिशत रहेको छ। बाँकी ५० प्रतिशत लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको रहेको रास्वपाले जानकारी दिएको छ।
मतदानपूर्व रास्वपाले पार्टी सदस्यताका लागि आवेदन दिएका सबै योग्य सदस्यहरूलाई भेरिफिकेसनका लागि पुस ९ गते ५ बजेसम्मको समय दिएको थियो।