मानव अधिकार आयोगले जेनजी प्रतिनिधिलाई पनि बयानमा बोलाएको छ।
बुधबार बिहान ११ बजे आयोगले आफूलाई बोलाएको पुरूषोत्तम यादवले बताए।
‘भोलि बिहान ११ बजे कार्यालयमा आउनु भन्नुभएको छ,’ उनले भने।
भदौ २३/२४ गतेको घटनाबारे आयोगले छानबिन गरिरहेको छ। सोमबार आयोगले मेयर बालेन शाहलाई बोलाएर बयान लिएको थियो।
यादव अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरिसकेका छन्।
उनलाई रास्वपाले प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समावेश गरेको हो।