राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशिम साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेटलाई कथाको सुखद् सुरूआतको संज्ञा दिएका छन्।
सभापति लामिछाने र मेयर बालेनबीच सोमबार झन्डै ६ घन्टा अशिम साहकै निवासमा भेटवार्ता भएको थियो। उनीहरूबीच आइतबार र सोमबार लगातार भेट पनि भएको थियो।
‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!,’ उनले भनेका छन्।
उनीहरूबीच सकारात्मक कुराकानी भएको नेताहरूले बताएका छन्।