राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले केपी ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको प्रतिक्रिया दिएका छन्।
तारेख बुझ्न सोमबार काठमाडौं जिल्ला अदालत पुगेका सभापति लामिछानेले अध्यक्ष ओलीलाई कटाक्ष गरेका हुन्।
‘अब गुन लगाइदिनुभएको छ नि, केपी ओलीले। हिजो गुन लगाएँ भन्नुभएको थियो, त्यही उहाँले लगाएको गुन तिर्न आएको छ, सातै जिल्लामा सातै दिन म जानुपर्नेछ,’ उनले भने।
सहकारी ठगी प्रकरण आफूलाई जिउमा ठाउँठाउँमा किला गाडेकोजस्तो भएको उनको भनाइ थियो।
‘ठाउँठाउँमा जिउभरि किला ठोकेकोजस्तो भएको छ। भोलिपर्सि सबै अदालतमा गएर हाजिर गर्नुपर्नेछ। तारेख कसकससँग मिल्नुपर्ने हुन्छ। अर्काले तारिख लिइसकेको होला, यस्तै चलिराखेको छ। मतलव विष शरीरभरि बाँकी नै छ,’ उनले भने।
भिडिओ: