राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने बताएका छन्।
सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो।
अदालती प्रक्रिया पूरा गर्न लामिछाने आज भैरहवा जाँदैछन्।
कार्यवाहक सभापति अर्यालले आज विज्ञप्ति निकालेर कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति पार्टीको मूल जिम्मेवारीमा फर्किने उल्लेख गरेका हुन्।
साथै रास्वपाले अदालतले लामिछानेलाई थुनामुक्त गर्न गरेको आदेशप्रति सम्मान व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ विज्ञप्ति:
