नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सचिवमा र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
कँडेल कर्णालीबाट पार्टीको पदाधिकारीमा निर्वाचित हुने पहिला र एक्ला व्यक्ति हुन्। कँडेल ११८५ मत प्राप्त गरी सचिव पदमा निर्वाचित भएका हुन्।
त्यस्तै, लुम्बिनीका मुख्यमन्त्री आचार्य दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
उनी पार्टीको १० औं महाधिवेशनपछि पनि केन्द्रीय सदस्य थिए।
११ औं महाधिवेशनमा उनले एक हजार दुई सय ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
कर्णाली र लुम्बिनीका दुबै मुख्यमन्त्री अध्यक्ष केपी शर्मा ओलीको प्यालनका हुन्।