नेकपा एमालेको ११ औं महाधिवेशनबाट प्रदीप ज्ञवाली केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
उनलाई केपी शर्मा ओली पक्षबाट उपाध्यक्षका उम्मेदवार बनाउने भने पनि उनले महासचिवभन्दा अरू पदमा नउठ्ने अडान राखेका थिए।
त्यसपछि ज्ञवालीले पदाधिकारीका कुनै पनि पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए।
केन्द्रीय सदस्यमा ज्ञवालीले १९ सय ४२ मत ल्याएका छन्।