नेकपा एमालेको नेतृत्व छान्न भएको मतदानमा अध्यक्ष प्रत्यासी केपी शर्मा ओलीले अहिलेसम्म गनेकोमध्ये करिब ७५ प्रतिशत मत पाएका छन्।
११३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन्।
ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ।
ओलीले मत गणना सुरू भएदेखि लगतार अग्रता लिइरहेका छन्।