नेकपा एमालेका १९ पदाधिकारीमा पूर्व माओवादी पृष्ठभूमिका दुई जनाको सम्भावना बढेको छ।
उपाध्यक्षमा रामबहादुर थापा 'बादल' ले ७१४ मत ल्याएका छन्। पाँच जना उपाध्यक्ष चुनिनेमा उनी अहिलेसम्म तेस्रो स्थानमा छन्। उनीभन्दा अगाडि पृथ्वीसुब्बा गुरूङ र विष्णु पौडेल छन्।
त्यस्तै, उपमहासचिवमा लेखराज भट्टले ७३४ मत ल्याएका छन्। तीन जना चुनिने उपमहासचिवमा पूर्व माओवादी पृष्ठभूमिका भट्ट अग्रस्थानमा छन्।
एमाले र माओवादी केन्द्र एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। उक्त पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को आपसी मतभेदका कारण उक्त पार्टी फेरि फुट्यो।
त्यति बेला माओवादी छाडेर एमालेमै बस्ने नेताहरूमा रामबहादुर थापा र लेखराज भट्ट थिए।