नेकपा एमालेको ११ औं महाधिवेशनमा करिब आधा मत गणना गरिसकिएको छ। अहिलेसम्म ११३९ मत गणना भएको छ।
महाधिवेशनमा उपमहासचिव पदमा सबै भन्दा धेरै मत लेखराज भट्टले ल्याएका छन्।
बिहीबार साढे १२ बजेसम्म आएको मत परिणाम अनुसार उपमहासचिव पदमा भट्टले सबैभन्दा धेरै ल्याएका हुन्।
भट्टले ७३४ मत ल्याएका छन्।
दोस्रो स्थानमा योगेश भट्टराईले ७०९ मत ल्याएका छन्।
तेस्रो स्थानमा रघुवीर महासेठ छन्। उनले ६८९ मत ल्याएका छन्।
उपमहासचिवको तीन वटा पदका लागि प्रतिस्पर्धा भइरहेको हो। चौथो स्थानमा विष्णुप्रसाद रिमालले ५४० मत ल्याएका छन्।
आनन्दप्रसाद पोख्रेलले ३३४, वैजनाथ चौधरी २७१ र राजेन्द्रप्रसाद गौतम १४० मत प्राप्त गरेका छन्। राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका थिए। उनले उम्मेदवारी फिर्ता लिएपनि मत प्राप्त गरेका हुन्।