नेकपा एमालेको सचिवमा उम्मेदवारी दिएका कृष्णगोपाल श्रेष्ठलाई सुरूमा एकदमै कम मत प्राप्त भएकोमा अहिले उनले मत बढाएका छन्।
पछिल्लो गणना अनुसार उनले ११४ मत ल्याएका छन्। नौ जना सचिव छानिनेमा उनी धेरै पछाडि १७औं स्थानमा छन्।
उनी केपी ओलीलाई छाडेर ईश्वर पोखरेल प्यानलबाट उठेका थिए।
सचिव पदमा सबैभन्दा धेरै महेश बस्नेत र छविलाल विश्वकर्माले ३११-३११ मत पाएका छन्। तेस्रो स्थानमा पद्मा अर्यालले ३०५ मत ल्याएका छन्।