नेकपा एमालेको सचिवमा उम्मेदवारी दिएका कृष्णगोपाल श्रेष्ठलाई पाँच मत मात्रै प्राप्त भएको छ।
प्रारम्भिक मतगणनाको परिणाम आएको छ। अहिलेसम्म २३३ मत गनिएकोमा श्रेष्ठको ५ मत आएको हो। उनी ईश्वर पोखरेल प्यानलबाट उठेका थिए।
अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका श्रेष्ठलाई प्रारम्भिक मत गणनामा ५ मत मात्रै प्राप्त गरेको हो।
सचिव पदमा सबैभन्दा धेरै पद्मा अर्याल, महेश बस्नेत, छविलाल विश्वकर्माले मत प्राप्त गरेका छन्।
सचिवमा ९ वटा पदका लागि प्रतिस्पर्धा भइरहेको छ।