नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गतको मतदान अन्तिम चरणमा पुगेको छ।
बुधबार बिहानदेखि सुरू भएको मतदान बिहीबार बिहान साढे ६ बजेसम्म अन्तिम चरणमा पुगेको हो।
रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका साढे ६ बजेसम्म २ हजार २२७ जनाले मतदान गरेका छन्।
केही प्रतिनिधि मतदान गर्न मेसिनमा छन्।
अब बाहिरबाट प्रतिनिधि मतदानका लागि जान पाउने छैनन्।
जारी महाधिवेशनका लागि २२६३ जना प्रतिनिधि छन्।
मतदान केही बेरमा सकिने र लगत्तै मतगणना सुरू हुनेछ।
विद्युतीय मतदान भएकाले गणना सुरू भएको केहीबेरमा नतिजा सार्वजनिक हुनेछ।