नेकपा एमालेको ११ औं महाधिवेशनमा आज मतदान भइरहेको छ।
आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो। साँझ ७ बजेसम्म करिब ११०० जनाले मतदान गरेको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ।
एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।
मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले सबै प्रतिनिधिको मतदान सक्न बुधबार बिहान ७ बजेसम्म समय लाग्ने बताए।
अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ।
मतदान भृकुटीमण्डपमै भइरहेको छ।
एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ। विद्युतीय मेसिनमा मतदान भइरहेको हो।