नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ।
जसअनुसार ४० वर्षमुनिका खुला दुई पदमा नरेश रोकाया र सुशीलकुमार थापा मात्रैको उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध देखिएका हुन्।
त्यस्तै ४० वर्षमुनिको युवाको दुई पदमा एक जनाको मात्रै उम्मेदवारी परेको छ। जसमा अमरकुमार यादव रहेका छन्।
मधेसी महिलाको ६ पदमा पाँच जनाको मात्रै उम्मेदवारी परेको छ। ज्वालाकुमारी साह, प्रतीक्षा तिवारी, रेखाकुमारी झा, सरिताकुमारी गिरी (यादव), सविता यादवको मात्रै उम्मेदवारी परेको छ। त्यहाँ एक पदमा उम्मेदवारी परेको छैन।
मुस्लिम महिलातर्फ पनि एक पदका लागि खाजिदा खातुन सिद्धकिको मात्रै उम्मेदवारी परेको छ।
श्रमिक महिला क्लस्टरको दुई कोटामा कमलादेवी तामाङ र बलदेव रेग्मीको मात्रै उम्मेदवारी परेको छ।
पिछडिएको क्षेत्र महिलातर्फ एक पदमा बदमी क्वारी बुढा (बोहरा)को मात्रै उम्मेदवारी परेको छ।
प्रवाश दक्षिण एसियातर्फ एक पद केन्द्रीय सदस्यका लागि हरिप्रसाद घिमिरेको मात्रै उम्मेदवारी परेको छ।
केन्द्रीय अनुसान आयोगको अध्यक्षमा पा. डा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली, सचिव डा. राजेन्द्र घिमिरेको मात्रै उम्मेदवारी परेको छ।
केन्द्रीय लेखा आयोगमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे, सचिवमा ईश्वरीप्रसाद खरेलको मात्रै उम्मेदवारी परेको छ।