नेपाली कांग्रेस बझाङले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जना, समानुपातिकतर्फ ९ जना र राष्ट्रिय सभातर्फ ३ जनाको नाम सिफारिस भएको हो।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, अभिषेकबहादुर सिंह, दीपेन्द्रराज जोशी, खगेन्द्रराज जोशी, केशवराज जोशी, नारायणप्रसाद हमालको नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ मुकेश धामी, चन्द्रादेवी जोशी, शान्तिकुमारी बोहरा, शान्तिकुमारी महत, मान्जित ताम्राकार, रमेश विसी, सुन्दरबहादुर स्नेही, प्रेमबहादुर धामी र शम्शेरकुमार बमको नाम सिफारिस भएको छ।