नेकपा (एमाले)को ११ औं महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ।
यसपालिको महाधिवेशनस्थल एमालेले दुई ठाउँलाई बनाएको छ।
शनिबार उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्द सत्र काठमाडौंको भृकुटीमण्डमा हुनेछ।
यसपालि पनि केपी शर्मा ओली अध्यक्षमा दोहोरिने तयारीमा छन्।
उनीविरूद्ध हाल वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबारदेखि सुरू हुने महाधिवेशनको बन्द सत्रमा सहमति नजुटेको अवस्थामा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुनेछ।
अरू पदाधिकारीमा पनि ईश्वर पोखरेल समूहबाट उम्मेदवारी पर्न सक्नेछ।
त्यस्तो अवस्थामा महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।
एमालेले रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको भोटिङ मेसिन आफ्नो अधिवेशनमा प्रयोग गर्दै आइरहेको छ।
मतदान भएको अवस्थामा यसपालि पनि सोही कम्पनीको भोटिङ मेसिन प्रयोग गर्नेछ।
शुक्रबार कम्पनीले च्यासलमै नमूना मतदान गरेको छ।
महाधिवेशन सुरू हुने अघिल्लो च्यासलमा प्रतिनिधिहरूको भिड छ।
केही प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकिरहेका छन्।
एमालेले अघिल्लो पटकको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै आएको भए पनि प्रतिनिधिहरू फेरिने भएकाले उनीहरूलाई नमूना मतदानमा सहभागी गराइएको छ।
एमालेको ११ औं महाधिवेशनमा २२ सय बढी प्रतिनिधि छन्।
रामलक्ष्मण इनोभेसन प्रालिका अध्यक्ष लक्ष्मण रिमालले यसपालि ८० वटा भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए।
सबै पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको अवस्थामा २२ सय जनाले भोट गर्न अधिकतम १५ घन्टा लाग्ने रिमालले बताए।
रामलक्ष्मण इनोभेसनका प्रमुख रिमालले २२ सय प्रतिनिधिले भोट गर्नुपरे १५ घन्टासम्म लाग्न सक्ने बताए।
तस्बिरहरूः
-ink-1765529814.jpeg)
-ink-1765529815.jpeg)
-ink-1765529815.jpeg)
-ink-1765529815.jpeg)
-ink-1765529816.jpeg)
-ink-1765529817.jpeg)
-ink-1765529817.jpeg)
-ink-1765529818.jpeg)
-ink-1765529818.jpeg)
-ink-1765529818.jpeg)
-ink-1765529817.jpeg)