नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस गरेको छ।
तनहुँ १ ले १० जना उम्मेदवार सिफारिस गरेको हो।
केन्द्रीय सदस्य गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरूङ, दीपक भट्टराई, रेशम गुरूङ, जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरूषोत्तम खनाल, उद्धव पौडेल र श्यामकुमार मौरतीको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस भएको हो।