नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ उम्मेदवार सिफारिस गरेको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जना, समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस भएको हो।
प्रत्यक्षतर्फ किरण शर्मा पौडेल, जगन्नाथ आचार्य, दलबहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कँडेल, सागर परियार, सुजन सापकोटा, सीतादेवी सापकोटा कँडेल, हरिप्रसाद आचार्यको नाम सिफारिस भएको हो।
यीमध्ये सुजन सापकोटा कृषि अभियन्ता र जेनजी पुस्ताका हुन्। उनले दुई वर्षदेखि बागलुङका ३० वटा वडामा फलफूलका विरूवा वितरण गर्दै 'एक विरूवा एक कृषक अभियान' चलाएका थिए
नेपाली काङ्ग्रेस बागलुङ क्षेत्र १ ले जेनजी उमेरका कृषि अभियान्ता सुजन सापकोटा लाई प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ।
प्रतिनिधि सभा समानुपातिकतर्फ पदमबहादुर पुन, पार्वती आचार्य, रामबहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेरबहादुर विश्वकर्मा, हरिप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभातर्फ ईन्द्रराज पौडेल र विष्णु पौडेलको नाम सिफारिस भएको हो।