नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ ले केन्द्रीय सदस्य नारायण खड्कासहित ३ जनाको नाम सिफारिस गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ खड्का, विदुर बस्नेत र लक्ष्मी परियारको नाम सिफारिस भएको हो।
यस्तै उदयपुर क्षेत्र नम्बर २ ले प्रत्यक्षतर्फ संजिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरेको छ।
समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सीता राई र रामकुमारीको नाम सिफारिस भएको छ।
राष्ट्रिय सभातर्फ हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, सुमन परियार, जनमजय राई, हिरामान भोते, संजा दनुवारको नाम सिफारिस भएको छ।