नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ।
शुक्रबार दिउँसो १ बजे च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो।
शनिबारदेखि एमालेको ११ औं महाधिवेशन सुरू हुँदैछ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।
यो बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउनेबारे छलफल हुने नेताहरूले जनाएका छन्।
भदौको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारे पनि नेताहरू व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या पुन: १९ नै पुर्याउन खोजेका छन्।
केन्द्रीय कमिटी ३५५ सदस्यीय रहेको छ। यसलाई पनि बढाउने तयारीमा अध्यक्ष ओली छन्।