नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच बुधबार पार्टी एकता वार्ता भएको छ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको वार्ता अत्यन्त सकारात्मक रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए। छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले बताए।
आजको वार्तामा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट देव गुरूङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र परशुराम बस्नेतको सहभागिता थियो।
ज्वालाका अनुसार निर्णायक वार्ता बिहीबार हुनेछ।
भोलि दिउँसो ३ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने पनि उनले बताए।