बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिना मानवता विरूद्धको कसुरमा दोषी ठहर भएकी छन्।
हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार उनलाई दोषी ठहर गरेको हो।
उनीविरूद्ध सजाय भने तोकिन बाँकी रहेको बिबिसीले जनाएको छ।
गत वर्ष विद्यार्थीहरूले गरेको प्रदर्शनमा त्यतिबेला प्रधानमन्त्री रहेकी हसिनाले बल प्रयोग गरेकी थिइन्।
त्यतिबेला झन्डै १४ सय जना मारिएका थिए।
आन्दोलन तीव्र बन्दै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन्।
त्यसयता उनलाई भारतले सुरक्षा दिएर राखेको छ।
बंगलादेशको अन्तरिम सरकारले पटक-पटक हसिनालाई पक्राउ गरी बंगलादेशलाई बुझाउन आग्रह गर्दै आएको छ। तर भारतले त्यसलाई बेवास्ता गर्दा दुई देशबीचको सम्बन्ध नै चिसिएको छ।