राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बृहत् राजनीतिक संवादको थालनी गरेको छ। पार्टी उपसभापति स्वर्णिम वाग्लेले संयोजन गरिरहेको उक्त संवाद काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा जारी छ।
संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी पनि सहभागी छन्। 
रास्वपाले जेनजी आन्दोलनका उपलब्धी, अगाडिको बाटो र निकास विषयमा विमर्श सुरू गरेको हो।
अहिले राजनीतिक अभ्यास र अबको आवश्यकताबारे पूर्वप्रधानमन्त्री भट्टराईले धारणा राखिरहेका छन्।

 



