नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री सुशीला कार्की नाममा नक्कली फेसबुक लगायत सामाजिक सञ्जाल खोल्नेमाथि अनुसन्धान थालेको छ।
ब्युरोलाई नक्कली आइडीहरू बनाइएको सूचना पाएपछि अनुसन्धान थालेको हो। ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार अहिलेसम्म २६ वटा भन्दा बढी नक्कली आइडी बनेका छन्।
नक्कली आइडीलाई बन्द गराउन विभिन्न कम्पनीलाई पत्राचार समेत गरिएको एसपी अवस्थीले बताए।
ती नक्कली आइडीहरू बन्द हुने क्रममा रहेको उनले बताए।
यसअघि पनि प्रधानमन्त्री कार्कीका नक्कली आइडीहरू बनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सूचनामार्फत सक्कली आइडीबारे जानकारी गराएको थियो।