नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्।
यदि मंसिरभित्र नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनमा जाने उनले बताए।
सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै केसीले भने, ‘पार्टी आमूल सुधारसहित जानुपर्छ त्यसका लागि मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्छ नभए विशेष महाधिवेशनमा जानुपर्छ।’
विशेष महाधिवेशन माग्न ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्।