तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको प्रदर्शनमा गृहमन्त्रीको हैसियतले बल प्रयोग गर्न आदेश नदिएको बताएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले भदौ २३ गते प्रदर्शन गरेका थिए। काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो।
तत्कालीन गृहमन्त्री लेखकले जेनजी पुस्ताको प्रदर्शनमा गृहमन्त्रीका हैसियतले आफूले बल प्रयोग गर्न आदेश नदिएको बताएका हुन्।
‘प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्रीले आदेश गर्ने भन्ने यी विषयहरू पनि होइनन् र कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन, प्रधानमन्त्रीजी र मेरो तर्फबाट आदेश दिइएको छैन,’ कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।
उनले धेरै मानिसको ज्यान गुमेको, सरकारी र व्यक्तिगत संरचनामा आगजनी भएको पनि उनले बताए। ती घटनाप्रति आफू दु:खित भएको र तत्काल पदबाट राजीनामा दिएको लेखकले बताए।