नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले विशेष महाधिवेशन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन्।
निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका बजगाईले सभापति र केन्द्रीय कार्यसमितिलाई पत्र लेख्दै विशेष महाधिवेशन माग गरेका हुन्।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि बदलिएको अवस्थामा उनले विशेष महाधिवेशन माग गरेका हुन्।
कांग्रेसमा नियमित वा विशेष महाधिवेशनको माग भइरहेको छ।