सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयको मातहत ल्याएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई वटा विभागलाई अर्थ मातहत ल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए।
यस्तै सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई पनि गृहमन्त्रालय अन्तर्गत सारिएको छ।
यी तीनै वटा विभाग यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत थिए।