निवर्तमान गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ।
रमेशकी ८९ वर्षीया आमा सारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजेतिर निधन भएको उनका स्वकीय सचिव जनक भट्टले सेतोपाटीलाई जानकारी दिए।
उनी दमलगायत रोगबाट पीडित थिइन्।
ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
उनका चार छोरी र एक छोरा छन्।