सल्यानको कपुरकोट गाउँपालिकाले सरकारले बनाएको पुर्नस्थापना तथा पुनर्निर्माण कोषमा दुई लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले आफ्नो आन्तरिक राजश्व स्रोतबाट यस्तो रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष दुर्गाबहादुर पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाले जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिहरूको क्षतिप्रति दु:ख व्यक्त गरेको छ।
साथै जेन–जी आन्दोलनका क्रममा सहीद भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गरेको छ।