नेपाली कांग्रेसका १० जना नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन गर्न माग गरेका छन्।
नेताहरू रञ्जित कर्ण, दीपक भट्टराई, बद्री अर्याल, सरोजकुमार थापा, नवीन राई, केदार कार्की, विजुला बर्मा, मनहरि श्रेष्ठ, भूपेन्द्रजंग शाही, पुष्पकुमार शाहीले नियमित महाधिवेशन मंसिरभित्रै गर्न माग गरेका हुन्।
तुरून्त केन्द्रीय समिति बैठक राखेर नियमित महाधिवेशन मिति तोक्न उनीहरूले माग गरेका हुन्।
सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल मंसिर मसान्तमा सकिँदैछ। कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरी चुनावमा जानुपर्ने आवाज छ।
फागुन २१ को चुनावमा ४० प्रतिशत युवा उम्मेदवार बनाउने पार्टीले सुनिश्चित गर्नुपर्ने पनि उनीहरूले बताएका छन्।

