सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी छ।
बिहीबार अपराह्नमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो।
दोस्रो पटक मन्त्रिपरिषदको विस्तार गरेपछि पहिलो पटक बैठक बसेको हो। पछिल्लो समय सरकारले अनिलकुमार सिन्हालाई कानुन मन्त्री, महाविर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, जगदिश खरेललाई सञ्चार तथा सूचना मन्त्री र मदन परियारलाई कृषि मन्त्रीमा नियुक्त गरेको थियो।
बैठकपछि साँझ ६ बजेतिर प्रधानमन्त्री सुशिला कार्कीले देशबासीका नाममा सम्बोधन गर्दैछिन्।