नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद त्याग गरेका बाबुराम भट्टराईले देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्।
नयाँ पुस्तालाई प्रोत्साहन गर्न पनि आफूले पार्टी अध्यक्ष पद त्याग गरेको भट्टराईले बताए।
‘हाम्रो नातिनातिनी पुस्ता अगाडि आइसके, अब उनीहरूलाई हामीले प्रोत्साहन दिनुपर्छ, उनीहरूले यो देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता म राख्छु,’ बिहीबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नयाँ र पुराना दलहरू कि सच्चिनुपर्छ कि सक्किनुपर्छ।’
उनले आफू वैकल्पिक राजनीतिक अभियानमा रहेको पनि बताए।
भिडिओ: