सरकारले तीन जना सचिवको सरूवा गरेको छ।
गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको हो भने गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ। उनी यसअघि रक्षा सचिव थिए।
त्यस्तै अब रक्षा सचिवमा सुमनराज अर्याललाई पठाइएको छ। उनी योजना आयोगमा सदस्य सचिव थिए।
यसअघिको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरूवा गरेको हो।