पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन भएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।
गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।
उक्त आयोगमा दुई सदस्य रहनेछन् जसमा एकजना पूर्व एआइजी विज्ञान राज शर्मा छन् भने अर्का एक सदस्य कानुनविद् विश्वेश्वर प्रसाद भण्डरी रहेका छन्। यस आयोगले तीन महिना समयअवधि रहेको छ।
यसअघि बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग बनाउने सैद्धान्तिक सहमति मात्रै गरेको थियो।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलना ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका छन्। अहिलेसम्म ७४ जनाको मृत्यु भएको छ।