नेकपा (एमाले)ले संविधान दिवस मनाएको छ।
शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा कार्यक्रम गरी एमालेले संविधान दिवस मनाएको हो।
संविधान दिवस मनाउने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्।
भदौ २४ यता सेनाको सुरक्षामा रहेका उनी बिहीबारमात्रै बाहिर निस्किएका थिए।
उनीबाहेक च्यासलको कार्यक्रममा पार्टीका अरू पदाधिकारी र नेताहरुको उपस्थिति भने बाक्लै थियो।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव शंकर पोखरेल लगायत थुप्रै नेताहरू कार्यक्रममा सहभागी थिए।
अध्यक्ष ओलीको अनुपस्थितीमा उपाध्यक्ष शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्।
संविधान दिवस मनाउने कार्यक्रमका लागि पार्टी कार्यालय परिसरमा मञ्च तयार पारिएको थियो।
पार्टीको भवन भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएका थिए।
क्षति पुगेको भवनमा 'हामी फेरि उठ्छौं, अझ बलियो अझ एकत्र', 'भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन' उल्लिखित ब्यानर टाँगिएको थियो।
तस्बिरहरूः
-ink-1758254191.jpeg)
-ink-1758254191.jpeg)
-ink-1758254191.jpeg)
-ink-1758254190.jpeg)
-ink-1758254189.jpeg)
-ink-1758254187.jpeg)
-ink-1758254188.jpeg)
-ink-1758254188.jpeg)
-ink-1758254187.jpeg)
-ink-1758254186.jpeg)
-ink-1758254186.jpeg)
-ink-1758254186.jpeg)
-ink-1758254186.jpeg)
-ink-1758254185.jpeg)
-ink-1758254185.jpeg)
-ink-1758254185.jpeg)
-ink-1758254184.jpeg)
-ink-1758254183.jpeg)
-ink-1758254183.jpeg)
-ink-1758254183.jpeg)
-ink-1758254183.jpeg)
-ink-1758254182.jpeg)
-ink-1758254182.jpeg)
-ink-1758254182.jpeg)
-ink-1758254182.jpeg)
-ink-1758254187.jpeg)
-ink-1758254187.jpeg)
-ink-1758254189.jpeg)
-ink-1758254189.jpeg)
-ink-1758254190.jpeg)