नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो जलेको घर पुगेका छन्।
शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा राखिएका नेपाल सोमबार कोटेश्वरस्थित आफ्नो निवासमा पुगेका हुन्।
प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरेका थिए।
माधव नेपालसँगै अन्य मेटमणि चौधरी समेत पुगेका थिए।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा कयौं युवाहरूको मृत्यु भएको छ। सुरूमा बानेश्वरमा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो। इटहरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।
भोलिपल्ट थप प्रदर्शन हुँदा प्रदर्शनकारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको घरमा आगजनी गरेका थिए।
त्यसैगरी काठमाडौं उपत्यकामा रहेका अधिकांश प्रहरी कार्यालयका भवनहरूमा समेत तोडफोड तथा आगजनी गरिएको थियो।
भदौ २४ गते घरघरमा आगजनी गरिएपछि नेपाली सेनाले शीर्ष नेताहरूलाई सुरक्षित साथ शिवपुरी पुर्याएको थियो।