अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्।
सोमबार शपथ ग्रहणपश्चात सिंहदरबार पुगेर मन्त्री खनालले पदभार ग्रहण गरेका हुन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले सिंहदरबारमा आगजनी गरेका थिए।
अर्थ मन्त्रालयको भवनमा पनि प्रदर्शनकारीहरूले आगो लगाएका थिए।
यद्यपि अर्थमन्त्रालयको भवनमा धेरै क्षति भएको छैन।
अगाडिको भागमा क्षति पुगेको भए पनि मन्त्रालयको कार्यकक्ष भने सग्लै छ।
पदभार ग्रहण गर्दै मन्त्री खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्।
उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुने समेत बताएका छन्। खनालकै अध्यक्षतामा केही समयअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोग बनेको थियो।
उनले अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।
अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हाले पनि उनले यो अवधिमा तलब, गाडी तथा मन्त्री क्वार्टर सुविधा नलिने बताएका छन्।
सरकारले गठन गरेको मन्त्रीहरूमा अर्थमन्त्री खनाललाई पहिलो वरीयतामा राखिएको छ।
अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्।
तस्बिरहरूः
-ink-1757922839.jpeg)
-ink-1757922839.jpeg)
-ink-1757922837.jpeg)
-ink-1757922838.jpeg)
-ink-1757922838.jpeg)
-ink-1757922837.jpeg)
-ink-1757922836.jpeg)
-ink-1757922836.jpeg)