काठमाडौंमा जेनजीको प्रदर्शनमा सहभागी भएकाहरूको निशानामा काठमाडौंका सबैजसो सरकारी कार्यालय भवन ध्वस्त भए।
बुधबार आगजनी र तोडफोड भएको कार्यालयमा बिहीबार सुरक्षाकर्मी र एक दुई जना कर्मचारीले रूगेर बसिरहेका छन्।
अख्तियारको परिसरमा जलेका सवारी साधनको थुप्रो छ।
त्यहाँ उपस्थित कर्मचारीका अनुसार ५० वटा मोटरसाइकल र १७ वटा गाडी जलेका छन्।
कार्यालय भवनको बाहिरी भागमा पनि तोडफोड र आगजनी भएका थिए।
बुधबार अख्तियारको सुरक्षाका लागि ४३ जनाभन्दा बढी सुक्षाकर्मी परिचालन गरिएको थियो।
साँझसम्म ठूलो प्रयासका बाबजुद पनि प्रदर्शनकारीहरू अख्तियार छिर्न सकेका थिएनन्।
साँझ ५ बजेपछि भने प्रदर्शनकारीहरू प्रवेश गरेर तोडफोड र आगजनी गरेको ती कर्मचारीले बताए।
अख्तियारको भित्रको भाग भने जलेको छैन।
फाइलहरूमा क्षति नपुगेको पनि ती कर्मचारीले बताए।
तस्बिरहरूः
-ink-1757668416.jpeg)
-ink-1757668415.jpeg)
-ink-1757668415.jpeg)
-ink-1757668414.jpeg)
-ink-1757668414.jpeg)
-ink-1757668413.jpeg)
-ink-1757668413.jpeg)
-ink-1757668413.jpeg)
-ink-1757668413.jpeg)
-ink-1757668412.jpeg)
सबै तस्बिरः सरिशा अछामी/सेतोपाटी।