नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले काठमाडौंको सामाखुसीमा प्रदर्शन गरेका छन्।
शुक्रबार उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन्।
उनीहरूले संवैधानिक सर्वोच्चताको कायम हुनुपर्ने, राष्ट्रपतिलाई सार्वजनिक गरिनुपर्ने र भ्रष्टाचार नियन्त्रणलगायत जेनजीका माग पूरा हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
सबै समस्याको समाधान अहिलेकै संविधानमा खोजी गर्न पनि उनीहरूले माग गरेका छन्।
कोणसभालाई नेता जगदीश्वरनरसिंह केसीले सम्बोधन गरेका थिए। उनले जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतदेखि सिंहदरबार भवन जलाउनेजस्ता गतिविधि भएकोमा विरोध गरेका थिए।
उनले सभापति शेरबहादुर देउवालगायत नेता कार्यकर्तामाथि भएको आक्रमणका बेला कार्यकर्ता चुप लागेर बस्न नहुने पनि बताएका थिए।