पूर्वसहरी मन्त्री धनबहादुर बुढाले जेन जीको नाममा घुसपैठ गरेर आफ्नो घरमा आगजनी र लुटपाट मच्चाएको बताएका छन्।
एकीकृत समाजवादीका नेतासमेत रहेका बुढाले शुक्रबार बिज्ञप्ति जारी गदै काठमाडौंका बौद्धमा रहेको साततले निवास पूर्ण रुपमा क्षति पुर्याएको बताएका छन्।
उग्र प्रदर्शनकारीले तीन वटा गाडी, तीन वटा मोटरसाइकल जलाएको र सुन चाँदी हिरा लुटपाट गरी लगेको उनको आरोप छ।
‘जेन जीको नाममा घुसपैठ भयो र धमिलो पानीमा माछा मार्ने काम समेत भयो। म २०५५ सालदेखि म राजनीतिमा छु। पछिल्लो समय जिल्ला विकास सभापति हुँदै डोल्पाजस्तो विकट स्थानबाट प्रत्यक्ष निर्वाचित सांसद छु,’ उनले भनेका छन्।