नेपाली सेनाले भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न अनुरोध गरेको छ।
शुक्रबार बिहान नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषणहरू आएको भन्दै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको हो।
सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।
त्यस्तै नेपाली सेनाले स्थानीय स्तरका हेडक्वार्टरहरूसँग समन्वय गर्नका लागि ८ वटा नम्बर समेत सार्वजनिक गरेको छ।